Section 5
भेदभाव विरूद्धको अधिकार
(१) कुनै पनि बालबालिकालाई निज, निजको परिवार वा संरक्षकको धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा, संस्कृति, वैचारिक आस्था, शारीरिक वा मानसिक अवस्था, अपाङ्गता, वैवाहिक स्थिति, पारिवारिक हैसियत, पेशा, स्वास्थ्य स्थिति, आर्थिक वा सामाजिक स्थिति, भौगोलिक क्षेत्र वा अन्य यस्तै कुनै आधारमा भेदभाव गरिने छैन।
(२) कसैले पनि बालबालिकाको पालनपोषण, शिक्षा वा स्वास्थ्योपचारमा छोरा छोरी, छोरा, छोरा वा छोरी, छोरी वा अघिल्लो पति वा पत्नी वा पछिल्लो पति वा पत्नीबाट जन्मेको छोराछोरीका बीच कुनै भेदभाव गर्नु हुँदैन।
(३) कसैले पनि आफ्नो छोरा छोरी र धर्मपुत्र धर्मपुत्री वा आफ्नो संरक्षणमा रहेका बालबालिका बीच कुनै किसिमको भेदभाव गर्न पाइने छैन।
(४) कुनै महिला र पुरूषको वैवाहिक सम्बन्ध कायम हुनु अघि र वैवाहिक सम्बन्ध कायम भएपछि निजहरूबाट जन्मेका बालबालिकाको पालनपोषण, शिक्षा वा स्वास्थ्योपचारमा कुनै भेदभाव गर्नु हुँदैन।